मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेकपाका मेची–कोशी इञ्चार्जसहित चार जना पक्राउ



बिराटनगर, १२ पुस –

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका चार शीर्ष नेता पक्राउ परेका छन् । विप्लव समुहको मेची–कोसी इन्चार्ज उमा भूजेलसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समुहका मोरङ इन्चार्ज नरेश चौलागाइँ मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल र क्षतिज पौडेल पनि पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका नरेश चौलागाई र क्षितिज पौडेललाई मोरङको पथरशनिश्चरेबाट पक्राउ गरेको हो । उमा भूजेल र सुमनसिंह भुजेललाई सुनसरीको चकरघट्टीबाट पक्राउ गरेको हो ।

विप्लव समुहका चार नेता मोरङ जिल्ला जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामीमगरले शुक्रबारमात्र आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ३३ बजे