मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलमान घिसिङले गरे आँखा दानको घोषणा



काठमाडौं–

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन् । शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रममा नेपाल आँखा बैँकको अक्षयकोश स्थापना गरिएको थियो जसमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए। त्यस्तै नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले नेपालमा आँखादान गर्न र गराउनका लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखादान समाजको स्थापना भएको बताउँदै सबैलाई आँखा दान दिन आग्रह समेत गरे।

हालसम्म ७५ हजारभन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ८ : ०२ बजे