मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शभापती देउवाले पार्टीलाई धरापमा पारेको कांग्रेस शिर्ष नेताहरुको आरोप



न्यू सञ्चार, काठ्माण्डौ-

नेपाली कांग्रेसका शिर्ष नेताहरुले सहमतिमा पार्टी चलाउने लामो समयदेखिको परम्परा तोडेर सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे बताएका छन ।

कांग्रेस महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा शनिबार बसेकाे बैठकपछी पत्रकारहरु सग बोल्दै नेताहरुले यस्तो बताएका हुन ।

पत्रकारहरुसग बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले पार्टी केन्द्रिय समितिको बैठकले बिधान बिपरित निर्णय गरेर पार्टी लाई संकटमा धकेलेकाे आरोप लगाए ।
बारीष्ठ नेता पौडेलले बिधानका धाराहरु एक्लौटी रुपमा खारेज गरेर शभापती देउवाले पार्टिलाई कमजोर बनाएकोमा जोड दिदै यस अघी बसेको पार्टिको महासमिती बैठकपछि संशाेधन गरिएकाे पार्टी विधानकाे धज्जी उडाए र देशैभरिका जिल्ला शभापती र महासमिती सदस्यहरुको अबमुल्यन गरेको उनले बताए ।

वरिष्ठ नेता पाैडेलले विधान मिचेर गरिएको विभाग गठन निर्णय नमान्ने चेतावनी  दिए ।पार्टी विधानकाे व्यवस्था निलम्बन गर्ने कुरा केन्द्रिय समिती मात्रै नभएर पार्टी भित्र समग्र रुपमा छलफल गरेर गर्नुपर्नेमा केन्द्रिय समिती भित्र समेत सहमती नगरि बहुमतबाट विधानकाे निलम्बन गरिएकोमा बारीष्ठा नेता पौडेलाले आक्रोश पोखे ।

पार्टीलाई लगातार कमजोर बनाउने प्रायत्न भइरहेको प्रती सचेत रहन देशभरका कांग्रेस कार्यकर्ताहरुलाई नेता पौडेलले आग्रह गरे ।

तेस्तै महामन्त्री शशांक काेइरालाले पार्टीभित्रको एकता अहिलेको पहिलो आवश्यकता भएकोमा जोड दिदै पार्टी एकजुट बनाएर कम्युनिष्टहरुसग लड्ने समयमा शभापती देउवाले पार्टी भित्र बिभाजन ल्याएर गलत गरेको उल्लेख गरे ।

महामन्त्री काेइरालाले पार्टी एकताबद्ध भएर चलेमात्र कांग्रेसलाई जनताले पत्याउने तर्क गर्दै भने “मैले सँधै पार्टी एकताकाे पक्षमा बाेल्दै आएकाे छु ,हिजाेकाे निर्णय राम्राे भएन, सभापतिले नै एकताका लागि बढी पहल गर्नुपर्छ ।” ”‘यदि गुट र उपगुट बनाउने हो भने जनताले हामीलाई पत्याउँदैनन् ।’

तेस्तै पूर्वमहामन्त्री एवं वार्ता टाेलीका संयाेजक प्रकाशमान सिंहले सहमतिका पक्षमा आफुहरू हुँदाहुँदै पनि सभापति देउवा पक्षले बहुमतकाे दम्भ देखाएकाे बताउदै सहमति गर्ने भन्दा पनि वार्ताका नाममा अल्मल्याउने मात्र काम शभापती देउबाले गरेको आरोप लगाए ।

उनले भने “धेरै विषयमा सहमति नजिक थियाैं । हामीले थप वार्ता गरेर टुंगाे लगाउँने भन्ने कुरा हुँदाहदै एकाएक निर्णय गरियी ” सिंहले भने । नेता सिंहले बहुमतबाट गरेकाे निर्णयमा आपत्ति जनाउँदै साे निर्णय स्विकार गर्न नसकिने जिकिर गरे ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १२ : ४६ बजे