मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलिलाई बाबुराम भट्टराइको व्यंग्य : अब पूरै देश ‘यती’कै जिम्मा लगाए भैगो नि



न्यू सञ्चार, काठ्माण्डौ-

पूर्वप्रधानमन्त्री एबम समाजवादी पार्टीका अध्यक्ष डा . बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे सरकारलाई व्यंग्य गर्दै देश नै ‘यती’ समूहलाई जिम्मा लगाए भैगो नि भन्ने प्रतिक्रीया ब्यक्त गरेका छन ।

उक्त बिबादित प्रकरणका बारेमा डा . भट्टराईले ट्विटरमा व्यंग्यात्मक टिप्पणी गर्दै उक्त प्रकरणलाई समृद्ध नेपाल बनाउने क्या ग़ज़ब काइदा! भनेका छन ।

‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ नेपाल ट्रष्टका पदाधिकारहरूले‘यति’नहुने हो भने गोकर्ण फरेष्ट गौचरन बन्ने ठोकुवा गरेछन्!उसो भए पूरै देश‘यति’कै ज़िम्मा लगाए भैगो! भट्टराईले ट्विटरमा लेखेका छन ।

गोकर्ण फरेस्ट रिर्सोट यती समुहलाई थप समयका लागी भाडामा दिएको प्रकरण अहिले बिबादित बनिरहेको छ ।उक्त प्रकरणलाई लिएर सरकार र सरकारका प्रधानमन्त्री केपी ओलिको बिपक्षमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा आलोचना बढेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : २३ बजे