मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री बाँस्कोटाको फोटोप्रती सामाजिक सञ्जालमा व्यंग्यको बर्षा



न्यू सञ्चार, काठ्माण्डौ-

सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काभ्रेको रोशी गाउँपालिका १ खहरेपागुको चेतना माविको भवन हस्तान्तरण कार्यक्रममा लगाएको माला सहितको फोटो सार्बजनिक भएपछी उक्त फोटोका बारेमा सामाजिक सञ्जालामा चर्चा शुरु भएको छ ।

भूकम्पपछि पुननिर्माण भएको सिन्धुलीको सीमानामा पर्ने रोशी गाउँपालिकाको उक्त विद्यालय भवन हस्तान्तरण गर्न हेलिकप्टर लिएर पुगेका मन्त्री बाँस्कोटाले लगाएको मालाले उनको आखा छोपे पछी आँखा छोपिएपछि उनलाई सहयोगीले समातेर डोहोर्याएको फोटो सार्बजनिक भएको छ । माला समयमै नझिकी अप्ठेरो गरी हिडेकाले मन्त्री बाँस्कोटालाई  सामाजिक सञ्जालमा धेरैले व्यंग्य गरेका छन ।

उक्त फोटोलाई लिएर बिभिन्न सञ्चारमाध्यमहरुले समाचार बनाउन शुरु गरेका छन ।

 

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : १४ बजे