मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रमुख सहित मोरङबाट बिप्लब कार्यकर्ताहरु समातिए



मोरङ –

जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाइँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिए । उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरेको उनले बताए ।रासस

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ३८ बजे