मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउँदो असारभित्र मेलम्चीको पानी सुन्दरीजलमा झारिने



काठमाडौँ –

आउँदो २०७७ असारभित्र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी सुन्दरीजलमा पानी झार्ने लक्ष्यसहित काम अघि बढेको आयोजनाले जनाएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा बोल्दै मेलम्ची आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले असारसम्म सम्पूर्ण काम सकेर सुन्दरीजलमा पानी झारिने बताए ।

इटालियन ठेकेदार कम्पनी भागेपछि ठेक्का पाएको चीनको सिनो हाइड्रोबाट सुरुङ निर्माणका बाँकी काम भइरहेको छ । उक्त ठेकेदार कम्पनीले १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कामलाइ तीव्रता दिएकाले आउँदो असारभित्रै पहिलो चरणमा मेलम्चीको पानी सुन्दरीजलमा झार्न सकिने खत्रीले बताए ।

आयोजनाले पटक पटक ठेकेदार कम्पनीसँग कामको बारेमा जानकारी लिएकाले कम्पनीले उक्त अवधिभन्दा केही अघि आयोजनाको काम सम्पन्न गर्ने जनाएको उनले बताए । समितिमा बोल्ने सांसदहरुले पनि मेलम्चीको ढिलाइबारे जिज्ञासा राखेका थिए ।

सांसद शेरबहादुर तामाङले असारसम्म मेलम्चीको पानी सुन्दरीजलमा आएपनि पनि वितरण प्रणाली राम्रो नहुँदा समस्या हुने बताए । त्यस्तै, समिति सदस्य यज्ञराज सुनुवारले पनि मेलम्चीको काम अव १ मिनेटपनि ढिलाइ र रोक्न नहुने बताए । समिति सभापति कल्याणी खड्काले तोकिएको समयभित्रै मेलम्चीको काम सम्पन्न गर्न सम्वन्धित मन्त्रालय र आयोजना पक्ष निर्देशन दिइन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : २७ बजे