मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाललाइ उत्तर कोरिया बनाउन जनताले नेकपालाई बहुमत दिएका होईनन : बिश्वप्रकाश शर्मा



काठमाडौँ –

नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले देशलाई उत्तर कोरिया बनाउनका लागि सत्तारुढ नेकपालाई जनताले बहुमत नदिएको बताएका छन । उनले ट्विटर मार्फत बहुमतको कदर गर्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएका छन ।

कांग्रेसको ‘नोट अफ डिसेन्ट’ का बाबजुत संघीय संसदको विकास तथा प्रविधि समितिको बहुमतले सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको प्रती इङित गर्दै प्रबक्ता शर्माले यो विधेयक ठाडै अस्वीकार्य छ, भनेका छन ।

सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन । कैद पाँच वर्ष, जरिवाना १५ लाख, के यो सही छ ? छैन भने खुलेर बोलौँ, जमेर बोलौँ, प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ,शर्माले ट्विटरमा टिप्पणी गरेका छन ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : ४६ बजे