नेपालमा पनि इस्वी संवत लागू गरौं : बाबुराम भट्टराइ



न्यू सञ्चार, काठ्माण्डौ-

पूर्व प्रधानमन्त्री एबम समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वर्षको शुभकामनासँगै नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउनुपर्ने धारणा सार्बजनिक गरेका छन ।

ट्विटरमा टिप्पणी गर्दै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।

उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर र इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउ भन्ने प्रस्ताब गर्दै नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ ।सम्धीका गफ मात्रै होलान् है!भन्ने धारणा राखेका छन ।

यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिकआर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ ।सम्धीका गफ मात्रै होलान् है!डा भट्टराइले ट्विटरमा उल्लेख गरेका छन ।

प्रकाशित मिति : पुस १६, २०७६ बुधबार  १० : ०० बजे