सीमाका विषयमा नेपालसँग वार्ता चलिरहेको भारतिय बिदेश मन्त्रालयको भनाइ



काठमाडौं-

भारतले नेपालसँगको सीमा विवादबारे वार्ता चलिरहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको छ। सीमा निर्धारणको प्रक्रिया पनि चलिरहेको छ।’

यद्यपि उनले आफूहरुले जारी गरेको नयाँ नक्सा सही भएको बताए। ‘हाम्रो नक्साले ठिकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने, ‘यसले नेपाललाई कुनै असर गर्दैन।’

केहि दिन अक्घी मात्रै नयाँ वर्षको अवसरमा नेपाल र भार दुइ देशका प्रधानमन्त्री बिच टेलिफोनमा कुराकानी समेत भएको थियो । उक्त वार्ताबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराउँदै दुई देशबीच भएका समस्या समाधान गर्ने विषयमा कुरा भएको उल्लेख गरेका थिए।

प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार  १ : ५६ बजे