काठमाडौंबाट छुटेको यात्रुवाहक बस दुर्घटना



रसुवा । काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चे आउदैै गरेको बस दुर्घटना भएको छ । प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

घाइतेलाई काठमाडौँ र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : पुस १९, २०७६ शनिबार  १२ : २८ बजे