३ लाख धरौटी बुझाएर सिद्धबाबा रिहा भए



सुनसरी-

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले सिद्धबाबालाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अदालतको आदेशलगत्तै उनले ३ लाख रूपैयाँ अदालतमा बुझाएका थिए।बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै गत बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो।

आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई २७ दिनअघि पक्राउ गरेको थियो।

उनलाई २५ दिनसम्म अनुसन्धान गरेर बिहीबार मुद्दा दर्ता गराइएको थियो।

सिद्धबाबाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको थियो।

बलात्कारको आरोप प्रमाणित भएमा सो व्यवस्था अनुसार अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रकाशित मिति : पुस २०, २०७६ आइतबार  १२ : ३९ बजे