काठ्माण्डौ-
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
देउवा लाई भेट्न अध्यक्ष प्रचण्ड सोमबार बिहान देउबा निबास निवास बुढानिलकण्ठमा पुगेका थिए ।
दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई नेतृत्व प्रदान गर्नेलगायत विषयमा छलफल भएको समेत बताइएको छ ।








