तेहरानमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स इरानले जहाज निर्माता बोइङलाई नदिने



तेहरान-

इरानको तेहरानमा दुर्घटना भएको युक्रेनि जहाजको ब्ल्याक बक्स इरानले जहाज निर्माता कम्पनीलाई नदिइने भएको छ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७(८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केहीबेरमै दुर्घटनामा परेको थियो।१६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७(८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो

इरानका नागरिक उड्ययनका प्रमुख अली अवेजादेहले दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स बोइङलाई नदिने बताएका हुन्।

जहाजको ब्ल्याक बक्सका टावरसँग भएको कुराकानीको रेकर्ड हुन्छ। सोही रेकर्डका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ।

गत शुक्रबार अमेरिकाले इराना सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरान(अमेरिका आमनेसामने भएका छन्। बुधबारमात्रै इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ।

दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण भएका बेला इरानको नागरिक उड्ययनले जहाजको ब्ल्याक बक्स अमेरिकी कम्पनीलाई नदिने बताएको हो।

प्रकाशित मिति : पुस २३, २०७६ बुधबार  ११ : ०१ बजे