काठमाडौं-
आइतबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको हो ।
सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।छलफलमा कुरा नमिले पछी बैठक स्थगित गरिएको हो । आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी तुम्बाहाम्फेले नेकपा अध्यक्षद्वयको निर्णयलाई समेत चुनौती दिदै आएकी छिन ।
यसअघि पुस ११ र १४ गते पनि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो।
सत्तारुढ दल नेकपाले सभामुखको उम्मेद्वार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।








