पुस २७,काठमाडौं –
जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमाथी सुनुवाइका क्रममा रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर र विधिविज्ञान प्रयोगशालाका विज्ञ झिकाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज अधिकारीको इजलाशले यस्तो आदेश दिएको हो ।आदेश अनुसार पीडित (नयाँ बानेश्वर २६) को स्वास्थ्य परीक्षण गराउने विशेषज्ञ डाक्टर, मुचुल्का गराउने प्रहरी अधिकृत र बरामद भएका सामानहरुको फरेन्सिक टेष्ट गराउने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका विशेषज्ञलाई अदालतमै उपस्थित गराएर वकपत्र गराउनी भनिएको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारिरीक हिंसा गरेको भन्दै महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
सोही मुद्दाको सुनुवाइ गर्दै आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनाविवरण कागज गरिदिने साक्षीहरू बुझ्न आदेश गरेको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।
अब नयाँ बानेश्वर २६ को स्वास्थ्य परीक्षण गराउने डाक्टर, घटनास्थलको मुचुल्का उठाउने प्रहरी अधिकारी र बरामद गरिएका सामानहरुको फरेन्सिक टेष्ट गराउने विज्ञलाई अदालतमा ल्याएर वकपत्र गराउनका लागि थप केहि समय लाग्ने बताइएको छ








