सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको निधन



काठमाडौं, २९ पुस

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए।

दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।

उनको पशुपति आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने छ। उनी गायिका लोचन भट्टराइका भाइका साथै दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन्।

भट्टराई ४० को दशकमा गायनमा आएका थिए। उनी गजल गायकीका लागि चर्चित थिए ।

प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार  ५ : ०१ बजे