काठमाडौं –
कांग्रेस युवा नेता प्रदीप पौडेलले वाइडबडी विमान प्रकरणको छानबिन र नेपाल ट्रस्टको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नतानेसम्म संसद अवरुद्ध गर्नुपर्ने बताएका छन ।
मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरिएको ‘लोकतन्त्रको संस्थागत विकासमा देखिएका चुनैतीहरु’ विषयक विचार गोष्ठिमा बोल्दै नेता पौडेलले नेता पौडेलले सरकारका भ्रष्टाचारमा चुर्लम्मै डुब्दा कांग्रेस मौन बस्न नमिल्ने तर्क गर्दै वाइडबडी विमान प्रकरणको छानबिन र नेपाल ट्रस्टको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नतानेसम्म संसद अवरुद्ध गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि आग्रह गरेका हुन ।
नेता पौडेलले सरकारका गतिबिधीहरुले भ्रष्टाचारलाई सामान्यकरण गरिरहेको भन्दै आपत्ती जनाए ।उनले भ्रष्टाचारको मामलामा सुन्य सहनसिलता अपनाइने प्रधानमन्त्रीको बाचा झुटको पराकाष्टा भएको समेत दाबी गरे ।भ्रष्टाचारका मुद्दाहरुको छानबिन गर्ने निकायहरु सरकारको लाचार छाया बन्नु देश बिकाशको लागी बाधक भएकोमा नेता पौडेलले जोड दिए ।
उक्त कार्यक्रममा बोल्दै नेता पौडेलले बर्तमान सरकारले बहुमतको आडमा र लोकतन्त्र बिरोधी काम गरिरहेको आरोप लगाउदै सरकारलाई त्यसो नगर्न चेतावनी दिए ।
लोकतन्त्रको विकल्प नभएको दाबी गर्दै नेता पौडेलले भने ” सबै कुराको विकल्प हुन्छ तर लोकतन्त्रको विकल्प हुँदैन , लोकतन्त्र निर्विकल्प हो, उनले थप भने, नेपालमा लोकतन्त्रको विकल्प जसले खोजिरहेको छ, त्यसलाई जनाताले समाप्त पार्ने छन” ।बर्तमान सरकारमा दुईतिहाइको दम्भले पञ्चायतजस्तै लोकतन्त्रविरोधी धङ्धङ्गी देखिएको पौडेलको दाबी थियो ।
बहुमतले संविधान मिच्न नपाइने बिचार ब्यक्त गर्दै नेता पौडेलले सरकार बहुमतको दम्भ पालेर अघी बढी रहेको आरोप लगाए ।








