सरकार लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको कांग्रेस महामन्त्री कोइरालाको आरोप



महोत्तरी –

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जनताका अधिकार कुण्ठित हुन सक्ने  सम्भाबना बढेको भन्दै सचेत हुनुपर्ने बताएका छन ।

मनराशिशवा नगरपालिका–९ बथनाहामा कांग्रेस महोत्तरीले आयोजना गरेको पार्टीका महासमिति सदस्य ललनकुमार राय श्रद्धाञ्जलिसभामा महामन्त्री डा कोइरालाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा कांग्रेसको मुख्य अभिभारा भएको बताए । तेस्तो अवस्था आउन नदिन कांग्रेसकै सचेतता आवश्यक रहेकोमा समेत महामन्त्री कोइरालाले जोड दिए ।

सरकार बहुमतको दम्भ पालेर लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको कोइरालाले आरोप लगाए ।सरकारका लोकतन्त्र बिरोधी गतिबिधिहरुको बिरुद्दमा उत्रीन समेत कोइरालाले सबैलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कल्याण गुरुङ, रामकृष्ण यादव, सरिता प्रसाईँ, पार्टी महोत्तरीका सभापति महेन्द्रकुमार राय, पार्टी सिन्धुली सभापति उज्ज्वल बरालसहितका नेताले रायप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

राजपा नेपालका केन्द्रीय नेता सुनिलकुमार रोहित, मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहसहितका विभिन्न दलका नेता कार्यकर्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रायको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।

पञ्चायतकालमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेसमा आबद्ध भई लामो योगदान दिका मनराशिशवा–१० का बासिन्दा ५७ वर्षीय रायको पुस २२ गते बर्दिवास–५ मा सडक दुर्घटनामा परी निधन भएको थियो । राय कांग्रेसका महासमिति सदस्य थिए ।

प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार  २ : ५० बजे