प्रहरी जवान रमिताले दिइन् गायिका आस्था राउतविरुद्ध जाहेरी : अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी



माघ ३,काठ्माण्डौ-

पछिल्लो समय एउटा बिबादित भिडियो सामाजिक सञ्जाल मार्फत शेयर गरेपछी बिबादित बनेकी गायिका आस्था राउत बिरुद्द प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी छिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उनले जाहेरी दिएकी हुन्।उनको जाहेरी सगै गायिका राउत पक्राउ पर्न सक्ने ठानिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ।उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्।

सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

गएको बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन्।

शुक्रबार विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो बाहिरिएपछि गायिका राउतको अस्वभाविक व्यवहार भिडियोमा देखिएको थियो। त्यससँगै राउतले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्।

गायिका राउतले उक्त भिडियो सार्बजनिक गरेपछी उनि बिबादित बनेकी छिन ।गायिका राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् । संयमित भएर बोल्न नसकेको प्रती उनले माफी समेत मागेकी छिन ।

प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार  १० : ०७ बजे