नेपाली सेनाको गाडीमा ठोकिएर सिरहामा एकको मृत्यु



सिरहा

सिरहाको मिर्चैयामा भर्खरै नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिएर एक जनाको मृत्यु भएको छ ।

मिर्चैया नगरपालकिा वडा नं । ५ वस्ने सागर कुमार जयसवालले चलाएको स ।६प ८०१३ नं ।को मोटरसाईकलले नेपाली सेना चोर्हवा गणको गाडीमा पछाडीबाट ठोकिएर मृत्यु भएको छ ।

नेपाली सेनाको बा ।१ग २४६२ नं । गाडी पूर्व पश्चिम लोकमार्गको मिर्चैया नगरपालिकाको मलहनिया चौकमा रोकिएर राखेको अवस्थामा ठोकिएर जयसवालको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक विकु नारायण काशिछाबेले जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बिग्रेको गाडी रोकेको अबस्थामा कुनै ईन्डिकेट नदिई राखिएकोले दुर्घटना भएको बताए ।

यस विषयमा थप बुझन ईलाका प्रहरी कार्यालय मिर्चैयामा सञ्चारमा बुझन खोज्दा उनले फोन काटेका छन्

प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार  ११ : ०२ बजे