काठमाडौं, ४ माघ –
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको छ ।
आज ९शनिबार० कानूननमन्त्री भानुभक्त ढकाललाई दुवै आयोगको पदाधिकारीको नाम सिफारिश गरेको हो ।शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।
सत्य निरुपण आयोगको सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ ।
उता, वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिष भएका सबै पदाधिकारीको नाम अनु्मोदन गर्ने ब ताइएको छ ।








