कास्कीका एन्फा अध्यक्षलाई दिपक मनाङ्गेले किन हाने झापड



०७, माघ –

दीपक मनाङेको नामले परिचित गण्डकी प्रदेश सांसद राजिव गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मंगलबार हातपात गरेका छन्।

पोखराको भण्डारढिकमा आजदेखि शुरु भएको गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुगेका सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका हुन् ।
आफ्ना जिल्लाका खेलाडीहरुलाई खान, बस्नको राम्रो व्यवस्था नमिलाएको र मुख्यमन्त्री कप जस्तो खेल रंगशालामा आयोजना नगरि बाहिर गरेको भन्दै गण्डकी प्रदेशका सांसद दीपक मनाङे आयोजक संस्थाका अध्यक्षमाथि खनिएका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री कपको उद्घाटन आउनु अघि मनाङ जिल्लाबाट आएका खेलाडीलाई होटलको पैसा नतिरेको र मैदान पनि नमिलाएको भन्दै झापड हानेको एन्फा कास्कीका अध्यक्ष गुरुङले बताए।

सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको स्वीकार छन्। ‘मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान पनि उपलब्ध नगराएको र होटलको व्यवस्था पनि नमिलाएकोले यसो सम्झाएको हो’, उनले भने ‘मैले निवेदन पनि हाल्छु , अहिले पत्रकार सम्मेलन पनि हुँदैछ ’।

 

प्रकाशित मिति : माघ ८, २०७६ बुधबार  ६ : १८ बजे