भन्सार छलिका डेढ करोड वरावरको मोवाईल सहित दुई पक्राउ



काठमाडौं, ८ माघ

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुगाले करिव भन्सार छलिका डेढ करोड वरावरको मोवाईल सहित दुई पक्राउ गरेको छ ।प्रहरी प्रभाग नागढुगाका प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वको टोलीले बिभिन्न कम्पनिका ६३४ थान मोबाईल सहित २ जना लाई पक्राउ हो ।

काठमाण्डौ चन्द्रागिरी न।पा।वडा न।२ नागढुंगा चेक प्वाइन्टमा भैरहवाबाट काठमाण्डौतर्फ आउदै गरेको भारतीय नं प्लेट डि।एल।२ सी।ए।टि ७०१७ नं को ईनोभा ब्राण्डको खरानी रंगको कारभित्र एयर व्याग रहेको स्थान, सिट, डिकी लगायत बिभिन्न स्थानहरूलाई फल्स बटमको रुपमा प्रयोग गरी स्यामसुङग,ओप्पो,आईफोन,रेडमी,रियलमी,मी,भिभो,छियोमी,लिनोभा, हुवाई,एलजी,नो लगायत विभिन्न १८ वटा ब्राण्डका ६३४ वटा मोबाईल सहित २ जना मानिस नियन्त्रणमा लिएको बताए ।

प्रहरी प्रमूख सुवेदीका अनुसार पक्राउ पर्नेमा पर्नेमा काठमाण्डौ जिल्ला कामनपा ३४ घर बताउने वर्ष अं। ४० को उमेश भट्ट तथा जिल्ला सिन्धुपाल्चोक चौतारा ९ घर बताउने वर्ष ३५ को ईन्द्र बहादुर कटुवाल रहेका छन् ।उनीहरुको साथ वाट साथमा एलसिडी तथा त्यग स्कृन ८६ थान समेत बरामद भएको छ

प्रकाशित मिति : माघ ८, २०७६ बुधबार  १ : २७ बजे