माघ ९ काठ्माण्डौ-
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता प्रदीप पौडेलले जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध किन स्विकार गरेको भन्दै पार्टी नेतृत्व समक्ष प्रश्न उठाएका छन ।
सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलाले लोकतन्त्र विजय हुने शर्तमा कांग्रेसले पराजय समेत स्विकार गरेको बिगत समेत स्मरण गराएका छन । पौडेलले कांग्रेसको इतिहास सम्झिदै नेपाली कांग्रेस पराजयसङ्ग डराउने पार्टी नभएको समेत उल्लेख गरेका छन ।
सभामुखको निर्बाचनमा आफ्नो उपस्थितिपनि नदेखाइ,जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध स्विकार्दा भविष्यको पुस्ता आफ्ना अग्रजको कदमप्रती निरुत्तर हुने नेता पौडेलको तर्क छ ।
हाम्रो इतिहास भन्छ-पराजयसङ्ग डराउने पार्टी नेपाली कांग्रेस होइन।लोकतन्त्र विजय हुने शर्तमा कांग्रेसले पराजय समेत स्विकार गरेको छ।तर आफ्नो उपस्थितिपनि नदेखाइ,जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध स्विकार्दा भविष्यको पुस्ता आफ्ना अग्रजको कदमप्रती निरुत्तर हुनेछ
— Pradip Paudel (@paudelpradipNC) January 22, 2020
नेकपाको तर्फबाट सभामुख उम्मेद्वार बनाइएका सभामुखमा एक्लो उम्मेद्धवार अग्नि प्रसाद सापकोटाको उम्मेद्वारी प्रती इन्सेक लगायत मानबाधिकार संघ संघठन तथा नागरिक समाजले समेत चर्को बिरोध जनाइरहेका छन ।










