कांग्रेस महामन्त्री डा. शशांक कोईराला निबास महाराजगन्जमा पार्टिका शिर्ष नेताहरुबिच छलफल भएको छ ।
पार्टीभित्र समझदारी बनाउन पछिल्लो समय भैरहेका प्रयासहरुको बारेमा छलफल भएको छलफलमा सहभागी एक केन्द्रिय सदस्यले बताए ।
छलफलमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंह,पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, लगायत पार्टिका केन्द्रिय सदस्यहरु सहभागी रहेको बताइएको छ ।छलफलमा पार्टिभित्रको बिबाद मिलाउन शभापती आफै बढी जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालिएको पनि बताइएको छ । बिबाद मिलाउन गठित कार्यदलका नेताहरुबिच यस अघी पटक पटक भएका छलफल पछिको परिस्थिती र शभापती देउबासग भोली हुन लागेको भेटघाटका बारेमा नेताहरुबिच कुराकानी भएको बताइएको छ ।
नेपाली कांग्रेसभित्रको विवाद मिलाउन भोली सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाबीच छलफल हुने तय भैसकेको छ ।
महाधिबेशनको कार्यकतालिका, क्रियाशील सदस्यता बितरण तथा केन्द्रिय समिती बैठकले निलम्बन गरेका बिधानका धाराहरु र नेविसंघ , तरुण दलक गठनका बिषयमा पछिल्लो समय बढेको बिबाद मिलाउन पछिल्लो समय नेताहरुबिच छलफल चलीरहेको छ ।
शभापती देउबाले समयमा महाधिबेशन गर्न जागर नचलाएको , पार्टिको बिधान मिचेको र नेविसंघ , तरुण दल लगायतका भात्री संस्थाहरु लथालिङ्ग बनाएको भन्दै संस्थापन इतरका नेताहरुले शभापती देउबा बिरुद्द असण्तुष्टी ब्यक्त गर्दै आइरहेका छन ।








