दीपक मनाङेविरुद्ध उजुरी दिएका मिलन गुरुङ पनि पोखराबाट पक्राउ



कास्की

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।मनाङेविरुद्ध उजुरी दिएका मिलनलाई ‘चेक बाउन्स’ गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । उनी पनि अहिले प्रहरी हिरासतमा छन्

मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले दिएको उजुरीका आधारमा दीपक मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र ठगीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार  ११ : ११ बजे