राजधानीको माइतीघर मण्डलामा कचौरा बोकेर प्रदर्शन



काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । युवाहरुले राजधानी माइतीघर मण्डलामा ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर प्रदर्शन गरेका हुन् ।

सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिए पनि आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन । बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरयो ।

अहिले एसआर-६ समेत बनाउने गरी पश्तिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।

प्रकाशित मिति : माघ ११, २०७६ शनिबार  ९ : ३४ बजे