०७७ फागुन ७ देखि१० सम्म १४ औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय : यस्तो छ नयाँ कार्यतालिका



नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले  पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन -१० सम्म गर्ने निर्णय गरेको छ । सोमबार  सानेपामा बसेको  बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७-१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

गता पौष ११ गते को बैठकले गरेका निर्णयहरु सच्याउन सभापती देउबा तयार भए पछी यस अघी बैठकमा भाग नलिएको संस्थाअपन इतर समुह समेत सहभागी भएको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन -१० सम्म गर्ने सर्बसहमत निर्णय गरेको हो ।

बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न माघ २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने पनि निर्णय गरेको छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
१- नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ ।
क  पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।
ख  विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।
ग  प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।
घ  नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।

ङ  उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र ।
च  क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।
छ  उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र ।
ज  नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र ।
झ  केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।

२- अधिवेशन
क  गाउँ÷नगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते
ख  गाउँ÷नगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते
ग  प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते
घ  प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते
ङ  एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते
च  प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
छ  केन्द्रीय महाधिवेशन ः२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

३ -नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४ ९८० ९ङ० बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ ९७० बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ ९८० ९घ० र ९ङ० बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने ।

४- पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय गर्ने ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

पारित शोक प्रस्तावः

नेपाली कांग्रेस प्रदेश नं। ५ संसदीय दलका नेता ८२ वर्षीय वलदेव शर्मा पोखरेल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्व सभापति एवं प्रतिनिधि सभाका पूर्व सांसद ७६ वर्षीय गम्भीरजंग कार्की, नेपाली कांग्रेसका उपसभापति, नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी कान्छी काकी एवं दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारकी ८२ वर्षीया माता कुश्मीदेवी थरुनी, नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार राय, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य केशवकुमार बुढाथोकीका भाई एवं नेपाली कांग्रेस झापा क्षेत्र नं। १ का पूर्व क्षेत्रीय सभापति अरुण बुढाथोकी, झापा क्षेत्र नं। २ का महाधिवेशन प्रतिनिधि हर्कलाल गिरीकी धर्मपत्नी एवं पार्टीका सक्रिय सदस्य विनु गिरी, स्याङ्जा पुतलीबजार नगरपालिका ८ का इकाई कोषाध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि बलबहादुर आले, गोरखा भीमसेन थापा गाउँपालिका तान्द्राङका पार्टीका पुराना व्यक्तित्व टिकाराम बन्जारा, मिथिला नगरपालिका वडा नं। ५ का दिलिप महतो, कालिकामाई गाउँपालिका वडा नं। १ का शिउनाथ राउत कुर्मीको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : माघ १३, २०७६ सोमबार  २ : २५ बजे