नेकपाको केन्द्रिय समिती बैठक शुरु



नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वउपसभामुख एबम सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले जानकारी दिए।

सभामुख र उपसभामुख पदमा निर्वाचित भएपछि दलगत आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान अन्तर्गत शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्।

पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिने छिन्।

यसैबिच  नेकपा केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि  राष्ट्रीय सभागृहमा शुरु भएको छ ।

पार्टी एकतापछि केन्द्रीय कमिटीको यो दोस्रो बैठक हो। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको नेकपाले जनाएको छ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। विधानअनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछन्।

 

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  ५ : ४९ बजे