हाम्राविरूद्ध प्रचारयुद्ध छेडिएको छ, त्यसको जवाफ दिन्छु : प्रधानमन्त्री



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीविरूद्ध प्रचार युद्ध छेडिएको बताएका छन्। बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उनले बताए। ‘हामी वादविवादबाट होइन, नतिजा र कामबाट जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने।

उनले लोकतन्त्रप्रति निष्ठाका सवालमा प्रश्न उठाउने गरिएको पनि उल्लेख गर्दै वैचारिक पूर्वाग्रहका कुराभन्दा माथि उठेर हेर्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सडकबाट मानिसलाई उद्धार गरिएको कसैलाई भोको मर्न नदिने बताएका हुन् ।

उनले भावनामा बदलेर मात्र क्रान्ति नहुनेमा जोड दिए। ‘भावनामा बगेर मात्र होइन यथार्थमा जोड दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने। वैचारिक रूपमा पार्टीका नेतारकार्यकर्ता प्रष्ट हुनुपर्ने उनले बताए।

जनतालाई सचेत बनाउँदै आत्मविश्वासी बनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए।

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  ६ : ४७ बजे