नेपाली काँग्रेसका पूर्वमहामन्त्री श्री प्रकाशमान सिंहले एक समारोह बीच नेपाली काँग्रेस,जिल्ला समितिको कार्यालय, काठमाडौंको सभा कक्षमा नेपालप्रजातन्त्र सेनानीसंघ, काठमाडौं जिल्ला भेलाको समुद्घाटन गर्नु भयो ।
प्रमुख अतिथि सिंहले उद्घाटन समारोहलाई संवोधन गर्दै ‘पार्टीले लामो आन्तरिक विवाद र वहशपछि सहमतिमा पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेको छ । पार्टीले अब सदस्यता नविकरण तथा नयाँ सदस्या वितरणको काम प्रारम्भ गर्छ’ भन्नु भयो ।
बीपीको विचार, गणेशमानको शाहस, किसुनजीको त्यागको भावना काँग्रेसको जीवनमा भर्न कार्यकर्ता पंति डटेर लाग्नु पर्नेमा जोड दिदै भेलाको सफलताको कामनागर्नु भयो ।नेपाल प्रजातन्त्र सेनानी संघ, काठमाडौं जिल्ला कार्यसमितिका सभापति गोविन्दप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भेलामा सेनानी संघका केन्द्रीय प्रवक्ता बालकृष्णदाहाल, संविधान सभा सदस्य दीपकप्रसाद कुँइकेल, नेपाल महिला संघ काठमाडौं जिल्लासभापति विष्णुदेवी पुडासैनी, प्रजातन्त्र सेनानी कमल शर्मा राई, नेपाली काँग्रेस,जिल्लाकार्यसमितिका सचिव शंकर मल्ल ठकुरी लगायतले भेलामा वोल्दै भेलाको सफलताको कामनागर्नु भएको थियो ।
भेलाले गोविन्दप्रसाद गजुरेलको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ जिल्लासमितिको गठन गर्नुको साथै संघको आउँदो महाधिवेशनको प्रतिनिधिको निर्विरोध रूपमा छनोटगर्दै समाप्त भएको थियो ।








