नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संगठन नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई चयन गरिएको छ ।
तेस्तै महामन्त्रीमा मनोज वैद्य र अर्को महामन्त्रीमा महेश्वरी कुँवरलाई नियुक्त गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पनि उनले जनाएका छन ।
कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसंघको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।








