बामदेव गौतम नेकपाको उपाध्यक्ष



बामदेव गौतम  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष बनेका छन् ।

गत साउनमै उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरिएकोमा स्थायी कमिटी, सचिवालय हुँदै आज केन्द्रिय कमिटीले समेत प्रस्ताव अनुमोदन गरेपछि उनी औपचारिक उपाध्यक्ष बनेका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् ।

यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : माघ १९, २०७६ आइतबार  ११ : २८ बजे