नेपालमा हाल उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले तिन दिनको मौसमका बारेमा जानकारी दिएको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसोतिर खुल्न सक्नेछ ।
मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागका सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज हुस्सुका कारण काठमाडौं उपत्यका गुम्म देखिएको छ । एकाएक चिसो पनि बढेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २१ गते मंगलबार-
दिउँसोः देशका पहाडी भु(भागमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागका सामान्यतया सफा रहने छ।
रातीः देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
माघ २२ गते बुधबार-
दिउँसोः देशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकि भू(भागका सामान्यतया सफा रहने छ।
रातीः देशका पुर्वी पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकि भू(भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
माघ २३ गते बिहीबार
दिउँसोः देशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकि भू(भागका सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकि भू(भागका सामान्यतया सफा रहने छ। देशको पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सम्भावित हिमपात र वर्षाका कारण तापक्रममा आउने गिरावटले चिसोको मात्रा बढाउने हुनाले उक्त स्थानहरुमा रहनुहुने सबैलाई चिसोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ








