कोरोनाले ४३६ जनाको मृत्यु : चीनले स्वीकार्यो कमजोरी



चीनको वुहानबाट फैलिएको नोभेल कोरोनाको संक्रणमबाट ४३६ जनाको मृत्यु भएको छ । चीनमा मात्र ४२५ जनाको, एक जनाको फिलिपिन्‍स र एक जनाको हङकङमा मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ सय ६१ जनाको ज्यान गएको थियो । सोमबार मात्रै चीनमा ६४ जनाको ज्यान गएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन ।  स्वास्थ्य अधिकारीका अनुसार हुबेइमा १० हजार ९९० संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

चीनका उच्च अधिकारीले नोवल कोरोना भाइरसको घातक संक्रमणको नियन्त्रणमा केही कमीकमजोरी भएको स्वीकार गरेका छन् ।

चीनको कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीले राष्ट्रिय आपतकाल व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बताएको बिबिसिले समाचारमा जनाएको छ ।

प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार  ४ : १६ बजे