अछाममा कांग्रेसबाट निर्बाचित वडाध्यक्षको हत्या,तत्काल छानबिन गर्न माग



अछाममा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका एक जना वडा अध्यक्षको हत्या भएको छ।

जिल्लाको पूर्वमा पर्ने पञ्चदेवल विनायक नगरपालिका(२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

मंगलबार बिहान धामीको घरदेखि दुई सय मिटर परको भैंसीगोठमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको छ। धामीलाई कुटेर हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। उनको टाउकोमा चोट देखिएको छ।

हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए ।हत्याको बारेमा तत्काल अनुसन्धान थाल्न र दोशी उपर कडा कार्बाही गर्न नेपाली कांग्रेस अछामले प्रहरी प्रसाशन सग माग गरेको छ ।

प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार  ४ : २८ बजे