महानगरीय प्रहरी वृत्त कालीमाटीले लागूऔषध चरेससहित नागर्जुन नगरपालिका स्युचाटारबाट एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मकवानपुर थाहानगपालिका–७ हाल नागर्जुन नगरपालिका स्युचाटार डेरा गरि बस्ने ५४ वर्षीय कुमार भन्ने रामबहादुर थापालाई उनकै डेराबाट पक्राउ गरिएको हो ।कालिमाटी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रूगँम कुँवरले विगत लामो समयदेखि चरेस तस्करीको काम गर्ने मकवानपुरको मनहरीबाट चरेस ओसारपोसार गर्दै आएको भन्ने सूचनाको आधारमा थापालाई पक्राउ गरिएको बताए ।
उनले भने, ‘थापालाई पहिलेदेखि नै निगरानीमा राखेका थियौं, पक्राउ गर्न सफल भयौं । उनले सानो–सानो परिणामको चरेसलाई पनि महङ्गोमा बिक्री गर्दै आएका प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।’








