सांसद प्रदीप यादवले चीनमा रहेका कोरोना भाइरस पीडित नेपालीहरुलाई ल्याएर संसद भवन राख्न र पाल टाँगेर संसद चलाउन प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभाको मंगलबार बैठकको शून्य समयमा बोल्दै सांसद यादवले यस्तो प्रस्ताब गरेका हुन ।
सांसद यादबले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको बताए ।
उनले सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाइरहेको भन्दै आएको तर काठमाडौंमै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको भन्दै यदि त्यसो होइन भने त्यसलाई खाली गरेर उनीहरुलाई त्यहाँ ल्याएर राखेर जीवन बचाउन आग्रह गरे ।
बैठकमा अधिकांश सदस्यहरुले कोरोना भाइरस प्रकोपका सम्बन्धमा धारणा राख्दै सरकारले छिटो चीनमा रहेका नेपालीहरुको उद्दारको गर्नुपर्ने बताएका थिए । प्रश्नको उत्तर दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिरामीहरुबाट अरु संक्रमित नहुन् भन्नको लागि टाढाको ठाउँ खोज्नुपर्ने भन्दै त्यही कारण ठाउँ नपाएको बताए ।
यस्तो अवस्थामा संसद भवनमा ल्याएर राखौं भन्ने प्रस्ताव गर्नु स्वतन्त्रताको उपयोग बाहेक केही नभएको उनले दाबी गरे ।
कांग्रेस सांसद दिलेन्द्र बडुले विद्यार्थीमात्र नभई अन्य व्यापारी, व्यबसायीलाई पनि ल्याउने पहल गर्नुपर्ने माग गरेका थिए।








