विप्लव नेकपाका जनसम्पर्क समिति कोषाध्यक्ष कटवाल कलंकीबाट पक्राउ



नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाका जनसम्पर्क समिति कोषाध्यक्ष अर्जुन कटवाल पक्राउ परेका छन्।

उनलाई मंगलबार बिहान प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको कलंकीस्थित उनकै अफिसबाट पक्राउ गरेको हो।

हेभी इक्विपमेन्ट महासंघका महासचिवसमेत रहेका उनको कलंकीमा अफिस थियो। ब्युरो स्रोतका अनुसार कटवाल विप्लव समूहका चन्दा सकंलकसमेत हुन्।उनका साथबाट प्रहरी चेकबुक, चन्दा संकलनको रसिद, विभिन्न व्यक्तिको नाममा काटिएका अन्य रसिद र कागजपत्र बरामद गरेको छ।

केही दिनअघि ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको ढुंगेधारास्थित घरमा भएको बम बिस्फोटमा संलग्न हुन सक्ने भन्दै प्रहरी त्यसतर्फ पनि उनीमाथि अनुसन्धान गरेको छ।

प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार  ११ : २० बजे