नेकपा बरीष्ठ नेता माधवकुमार नेपालले नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा बोल्दै नेता नेपालाले गणतन्त्र स्मारक नारायणहिटी परिसरमा नभइ अन्तै बनाउनुपर्ने धारणा राखेका हुन ।
‘नारायणहीटीमा गणतन्त्र स्मारक बनाउन हुँदैनथ्यो बनाइयो, त्यो गलत थियो,’ नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा भने, ‘अब भत्काइदिनुपर्छ ।’
नारायणहिटी दरबार परिसर गणतन्त्र स्मारक बनाउने उपयुक्त ठाउ नभएको नेता नेपालको तर्क थियो ।








