डडेल्धुरा गन्यापधुरा गाउँपालिकाको मष्टमाण्डौ स्वस्थ्य चौकीमा दुई वर्ष देखी खानेपानीको अभाव भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्वर ३ ग्वान्नी स्थित मष्टमाण्डौ स्वास्थ्य चौकीमा आउने खानेपानीको मुहान सडक निर्माण गर्दा पुरीएपछि स्वास्थ्य चोकीमा विगत दुई वर्ष देखी खानेपानीको अभाव भएको हो ।
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा करिव एक घण्टाको दुरी वाट खानेपानी ल्याउनु पर्ने वाध्यता रहेको छ । सडक निर्माणले गर्दा स्वासथ्य चौकीमा आउने खानेपानीको मुहान वन्द भएपछि खानेपानीको अभाव भएको भएपनि अव छिट्ठै आउने चौकीका ईन्चार्ज निर्मला भण्डारीले वताउँनु भयो ।“ खानेपानी नहुँदा भएको समस्याका वारेमा वडा अध्यक्षलाई जानकारी गराईसकेकाले केहि दिनमै खानेपानी सुचारु हुन्छ,” ईन्चार्ज भण्डारीले वताउँनुभयो । “लामो समय देखी खानेपानीको अभावका कारण स्वास्थ्य चौकीको सरसफाईका साथै विरामीलाई समस्या भएको छ । ”
वर्थीङ सेन्टर संचालनका लागि सम्पुर्ण तयारी पुराभईसकेको भएपनि खानेपानीको अभावका कारण संचालनमा ल्याउन नसक्दा गर्भवती महिलाहरु सुत्केरी हुनकै लागि डडेल्धुरा अस्पतालमा पठाउँनु परेको स्वास्थ्य चौकीकी अनमी नितु कठायतले वताउनु भयो । वर्थीङ सेन्टर संचालनका लागि सम्पुर्ण तयारी भइसकेको भएपनि खानेपानीको अभावका कारण समस्या भईरहेको अनमी कठायतले वताउँनु भयो। स्वास्थ्य चौकीमा वस्ने कर्मचारीले खानेपानीका लागि दिनहु एक घण्टा भन्दा वढी हिड्नु पर्ने वाध्यता रहेको छ ।
स्वास्थ्य चौकीमा वर्षौ देखी खानेपानीको अभाव हुँदा सम्म स्थानिय तहले कुनै चासो नदिएको भन्दै स्थानियहरुले आक्रोश व्यक्त गरेका छन्। स्वास्थ्य चौकीका ईन्चार्ज स्वास्थ्य चौकीमा नभई स्वास्थ्य ईकाई कार्यालयमा वस्ने भएकाले पनि स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्थापन हुन नसकेको हुन सक्ने समेत स्थानिय वासीन्दाले आशंका व्यक्त गरेका छन् ।
मष्टमाण्डौ स्वास्थ्य चौकीका ईन्चार्ज निर्मला भण्डारी यातायातको सहज पहुँचमा रहेको स्वास्थ्य ईकाई कार्यालयमा वस्ने गरेकी छन् । स्वास्थ्य चौकीमा लामो समय देखी खानेपानीको अभावका कारण स्वास्थ्य चौकीमा सरसफाई देखी कर्मचारी र विरामीलाई समस्या भईरहेको छ । सडक निर्माण गर्दा माटोले पुरीएको मुहानलाई सफाई गर्नका लागि पहल भईरहेको वडा अध्यक्ष चक्रवहादुर देउवाले वताउँनु भयो ।










