बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको भन्दै पार्टीका उपसभापती बिजयगच्छादार बिरुद्द अख्तियारले मुद्दा दर्ता गरेपछी उक्त बिषयमा छलफल गर्न अहिले नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बसी रहेको छ ।बैठक अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।
बैठकमा काँग्रेस निकट कानुन ब्यबसायिहरुको समेत सहभागिता रहेको बताइएको छ ।बैठक उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा केन्द्रित रहेको बताइएको छ ।
अख्तियारले हिजो मात्रै बालुवाटारको जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने उक्त प्रकरणमा नाम जोडिएका नेकपा निकट कसै बिरुद्द पनि मुद्दा नचलेपछी काँग्रेस नेताहरुले अशन्तुष्टी ज ना इ रहेका छन ।








