अमेरिकी राष्ट्रपति ट्रम्प महाअभियोगबाट मुक्त



अमेरिकाका राष्ट्रपति डोनाल्ड  ट्रम्प  माहाअभियोग प्रस्तावबाट मुक्त भएका छन्। अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आज बुधवार अपरान्ह भएको मतदानमा ट्रम्पको पक्षमा बहुमत सदस्यहरुले मतदान गरे पछी उनि माहाअभियोग प्रस्तावबाट मुक्त भएका हुन ।

उनको पक्षमा ५२ सिनेटरहरुले मतदान गरेभने बिपक्षमा ४८ सिनेटरहरुको मत परेको थियो ।

अमेरिकाको पछिल्लो राजनीतिक अवस्था निकै बिभाजित र बिबादित बन्दै आएको छ । माहाअभियोग सम्बन्धी प्रस्तावको मतदानमा राष्ट्रपति ट्रम्पले नेत्तृत्व गरेको रिपब्लिकन पार्टी उनको पक्षमा एकजुट भने हुन सकेन ।

राष्ट्रपति पद्का पुर्व उम्मेद्ववार रिपब्लिकन पार्टीका प्रभाबशाली नेता मिट रामनीले राष्ट्रपति ट्रम्पलाई माहाअभियोग लगाउनु पर्ने पक्षमा मतदान गरेका थिए । मतदानका क्रममा उनले आफ्नु देश र भगवान समक्ष खाएको सपथको इज्जत गरेको बताउदै राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गरेको र अमेरिकी जनप्रतिनिधिहरुको संस्था हाउस अफ रेप्रिजेन्टेटिभलाई असहयोग गरेको आरोपमा छुटाछुटै मतदान भएको थियो । यो मतदान पर्टीलाइन अनुसारकै मत खसेकाले राष्ट्रपति ट्रम्प जोखिम्पूर्ण माहाअभियोगबाट बच्न सफल भएका छन्।

प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार  ६ : ०६ बजे