बालुवाटार प्रकरण : मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा असहजता महसुस गरेको छु, बाबुराम भट्टराइ



पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

भट्टराईले ट्विट गर्दै भनेका छन् ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्,’ भट्टराईले थप भनेका छन्, ‘जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघिदेखि फस्ने नहोस् ।

उनले ट्विटरमा थप लेखेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य छ । तर प्रथम दृष्टि या यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ ।

हिजो मात्रै अख्तियारले सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : माघ २३, २०७६ बिहिबार  ६ : ४० बजे