नेपाल तरुण दलले बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री माधव नेपाल, डा बाबुराम भट्टाई, नेकपा महासचिव बिष्णु पौडेल र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल लगायत अन्य आरोपीलाई पनि अनुसंधानको दायरामा ल्याउन जोडदार माग गरेको छ ।
दलले काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी वद्नियतपूर्ण ढंगले लगाइएको भ्रष्टाचारको आरोपप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ती जारी गर्दै काँग्रेस उपसभापति गच्छदारलाई राजनीतिक प्रतिशोध राखी वद्नियतपूर्ण ढंगले लगाइएको भ्रष्टाचारको आरोप बिरुद्द तरुण दलका ७७ वटै जिल्ला समितिलाई बिरोध गर्न पनि निर्देशन दिएका छन् ।








