काठमाडौं । ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना हुने भएको छ। यातायात व्यवस्था विभागले सो नियम ल्याउने तयारी गरेको हो।
विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार संघीय यातायात ऐनको मस्यौदामा न्यूनतम ५ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको जानकारी दिए।
‘मापसे गरेर गाडी चलाए, लेन क्रस गरे ५ हजार र चोरीको गाडी चलाए १ लाख जरिवानाको प्रस्ताव गरेका छौं। यी बाहेक अरु कसुरहरुमा पनि जरिवाना बढाएका छौं,’ उनले भने।
विभागले ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको छ। मन्त्रालयले कानून मन्त्रालय र सम्बन्धित निकायसगँ छलफल गर्दै मस्यौदा संसदले पारित गरेपछि यो नियम लागू हुनेछ।








