काठमाडौं । राजश्व चुहावट प्रकरणमा थुनामा रहेका व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ परेका छन् । शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले ४२ लाख घुस लिएको आरोपमा बबरमहलबाट अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो।
राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै अधिवक्ता रानामगरको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म छ। दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो।
धरौटी तिर्न नसकेर उनी अहिले नख्खु कारागारमा छन्। दाहाललाई २०७५ मंसिर २७ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।
रानामगरले २०७४ साल साउन २४ गते पीडितबाट ४२ लाख पैसा लिएको अनुसन्धानमा खुलेको छ।








