दाङमा चट्याङ लाग्दा दुई बालबालिका सहित ३ जनाको ज्यान गयो



शनिबार दिउँसो करिव १ बजे दाङमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।

तुल्सीपुर उपमहानगरपालिका ७ स्थित नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी, सोही स्थानकी ४५ वर्षीया लक्ष्मी आचार्य र घोराही उपमहानगर पालिका–११ हापुराका सुर्यबहादुर पुरीका ८ बर्षीय छोरा ताराबहादुर पुरीको चट्याङले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार चौधरी र आचार्यको राप्ती लाइफ केयर अस्पताल तुल्सीपुरमा उपचारको क्रममा तथा पुरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

प्रकाशित मिति : माघ २५, २०७६ शनिबार  १२ : ०० बजे