कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै : महाधिवेशनको कार्यतालिकामा छलफल हुने



नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

यसअघि माघ २३ गते बोलाइएको बैठक स्थगित भए पछी उक्त बैठक आज बस्न लागेको हो ।बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने छ ।बैठकमा महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने कांग्रेसका एक केन्द्रिय सदस्यले बताए ।

तेस्तै अख्तियारले बालुवाटारको जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको र उक्त प्रकरणमा नाम जोडिएका नेकपा निकट कसै बिरुद्द पनि मुद्दा नचलेको बिषयमा समेत छलफल हुन सक्ने बताइएको छ ।

बालुवाटार प्रकरणमा पार्टीका उपसभापती बिजयगच्छादार बिरुद्द अख्तियारले पूर्वअग्रही ढङ्गले मुद्दा दर्ता गरेको भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरोध गर्दै आएको छ भने कांग्रेसका भात्री संस्थाहरुले पनि सडकमा आन्दोलन गर्दै आएका छन ।

 

प्रकाशित मिति : माघ २७, २०७६ सोमबार  ३ : ५३ बजे